मेलिना र रेवतको स्वरमा प्रियंका र जीवनको रोमान्स


गायिका मेलिना राई र गायक रेवत राई युगल एल्बम अलग उपहारभित्र रहेको अलिकति प्रितको नशाले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
विश्वकाजी राईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन्। भिडियोमा उनीसँग मोडल जीवन भट्टराईको लभ क्यामेस्ट्री देख्न सकिन्छ। राजिव समरको कोरियोग्राफी रहेको यो गीतको भिडियो निर्देशन निकेस खड्काले गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोको सम्पादन विकास धमलाले गरेका छन्।

रोमान्टिक शैलीको यो गीतबाट आफुले निकै आशा राखेको गायिका मेलिनाले बताएकी छिन्। गायक रेवतले अलग उपहारमा जम्मा ८ वटा गीत समावेश रहेको बताए।