डान्स स्टुडियो सञ्चालनमा


राजधानीमा कृयसन फिटनेस तथा डान्स स्टुडियो सञ्चालनमा ल्याइएको छ। हाडिगाउँ ढुङ्गेधारा मार्गमा अवस्थित कृयसन फिटनेस तथा डान्स स्टुडियोको नायिका अशिष्मा नकर्मी र मोडल किरण लाकौलले शुभारम्भ गरेका थिए।

कार्यक्रममा डान्स स्टुडियोका प्रवन्ध निर्देशक ज्याम लामाले स्टुडियोमा जुम्बा, मोर्डन डान्स, एरोबिक, नेपाली कल्चरल नृत्य तथा हिपअप डान्सहरू सिकाइने बताए। कार्यक्रममा स्टुडियोका विद्यार्थीहरूले डान्स प्रस्तुत गरेका थिए।