शमिम म्यानहन्ट इन्टरनेशनल नेपाल


शमिम खान यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६ को विजेता भएका छन्। प्रोस्टाइल ड्यान्ड्रफ कन्ट्रोल हेयर ओयल तथा हेयर क्रिमको उत्पादक तथा बजार–व्यवस्थापक कम्पनि डाबर नेपालले शनिबार राजधानीको बौद्धस्थित होटल हायत रिजेन्सिमा गरेको पुरुषहरूबिचको प्रतियोगितामा खान प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६ घोषित हुँदै डाबर नेपालका तर्पmबाट १ लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन्। त्यसै गरी स्याकर ट्रेडिङका तर्फबाट सिबि होर्नेट मोटरसाइकल पनि प्राप्त गरेका छन्। उनले यो उपाधि चुमेवापत आगमी म्यानहन्ट इन्टरनेशनल २०१७ को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। पुरुषहरूको यो प्रतियोगिता ग्रुप अफ इभेन्ट एन्टरटेनर्सले आयोजना गरेको हो।

प्रतियोगितामा प्रवेश झाले फष्ट रनर्सअप भई २० हजार रुपियाँ प्राप्त गरेका छन् भने अनुज मास्केले सेकेण्ड रनर्सअप भई १० हजार रुपियाँ प्राप्त गरेका छन्। उनीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएका छन्। प्रतियोगितामा विभिन्न सब टाइटल पनि दिइएको छ। जसअन्र्तगत शमिम खान प्रोस्टाइल बेस्ट हेयर र रियल मिस्टर ट्यालेन्ट, निशान चौहान डाबर च्यवनप्राश पर्सनालिटि, धन प्रसाद लिम्बु रियल एक्टिभ मिस्टर फ्रेन्डशिप चुनिएका छन्। उनीहरूलाई जनही नगद १० हजार रुपियाँ प्रदान गरिएको छ। शेखर सुवेदी मिस्टर पपुलर, दीपेन्द्र महर्जन श्रीनाथ मिस्टर ग्यालेन्ट, अनुज मास्के ओस्टर मिस्टर फिजिक एरिक विक्रम थापा लि–निङ मिस्टर स्पोर्ट्स्म्यानसिप, प्रवीण राना मगर ट्रयाङ्क्विलिटि मिस्टर चार्मिङ र अनुज मास्के आरिहान्त स्टुडियो मिस्टर फोटोजेनिक चुनिएका छन्। प्रतियोगितामा बैंकर्स अनिल साह प्रमूख निर्णायक रहेका थिए।