तेस्रो एकिकृत बस्ती बसाउँदै धुर्मुस–सुन्तली


कुमार श्रेष्ठ
बाँके

हास्य कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीु ले तेस्रो एकीकृत नमूना बस्ती निर्माण गर्ने भएका छन्।
भूकम्प प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा लगातार दुई एकीकृत नमूना बस्ती निर्माण गरेका हास्य कलाकार दम्पत्तीको धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमूना बस्ती बनाउन थालेको हो। नेपालगञ्जमा आइतबार पत्रकारसँग कुरा गर्दै यो लोकप्रिय हास्य कलाकार दम्पत्तीले तेस्रो नमूना बस्ती विपन्न समुदायका लागि हुने बताए।

काभ्रेको पोखरीडाँडा र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती निर्माण गर्दा धेरै अनुभव भएकाले आफूहरूले अब जहाँसुकै जग खनेको तीन महिनामै पाँच सय घर निर्माण गर्न सक्ने कलाकार कट्टेलले बताए। राजनीतिका लागि हामी धेरै सडकमा आयौं, अब विकासका लागि आउन जरुरी भएको छु संयोगले बाँके बन्दकै क्रममा नेपालगञ्ज आइपुगेका कट्टेलले थपे एकता र आँट भए गर्न नसकिने केही छैन।

गिरानचौरमा ६५ वटा घर बनाइरहँदा धेरैले नराम्रा कुरा गरेको र ज्योतिषीले समेत राज्य आफुहरू विरुद्धमा लागेको बताएपछि झस्केको स्मरण गर्दै घिमिरेले धेरै चुनौती पार गर्दै ब्याख्या गर्नै नसकिने सफलता पाएको बताइन्। हामीले जुन सफलता पायौं नि, त्यो अहिले ब्याख्या गरेर साध्य छैनु घिमिरेले भनिन्।

आफूहरू कुनै दलमा आवद्ध नरहेको बताउने हास्य कलाकार दम्पत्तीले समाज एकीकरणमा जोसँग पनि मिलेर अघि बढ्ने बताए। यही ६ गते तेस्रो एकीकृत नमूना बस्तीको घोषणा हुन्छु, नेपालगञ्जमा बालमैत्री फिल्म ज्योतीको प्रदर्शन गर्न आएका कट्टेलले थपे सरसफाई, बालमैत्री देश बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।

कलाकारद्वयले यतिखेर बस्ती बसाउन भन्दा मन बसाउन गाह्रो भएको बताए। देश विकास र समाज एकीकरणका सवालमा मिलेर जान सकिने र त्यसका लागि आफूहरूसँग सोच र सूत्र रहेको दाबी गर्दै कट्टेलले देश नै बनाउन सक्ने आँट आएको बताए। योजनासहित आए मिलेर अघि बढ्न सकिने बताएर आफ्नो र घिमिरेको व्यक्तिगत मोबाइल नम्बर दिएका कट्टेलले व्यंग्य गर्दै भभने व्यक्तिगत नम्बर त दिइयो तर श्रीमान र श्रीमती सिध्याउने खेल नहोस् नि?ु