अभिनेत्री जुलिया रोवर्टस खेल मैदानमा

0
Shares

लन्डन,(एजेन्सी)

अमेरिकाको हलिवुड स्टार जुलिया रोवर्टस अप्रत्यासित रुपमा आइतवार वेस्ट ह्याम विरुद्धको म्यान्चेस्टर युनाइटेडको प्रिमियर फुटबल लिगमा अतिथीको रुपमा उपस्थित भएकी छिन् । प्रतिष्ठित ओस्कार पुरुस्कार विजयी रोवर्टस आफ्नो पति , सिनेम्याटोग्राफर ड्यानियल मोडर र परिवारका अन्य सदस्य सहित उपस्थित भएकी थिइन् ।

हिट चलचित्र ‘ प्रिटी वुमन ‘ , ‘ नोटिंग हिल ‘ र ‘ इट प्रे लभ ‘ लगायतमा सफल अभिनय गरेकी ४९ वर्षिया रोवर्टस हलिवुडका अत्यन्तै चिरपरिचित अनुहार मध्ये एक हुन् । उनलाई इंगल्यान्ड राष्ट्रिय फुटबल टोलिका कयाप्टेन वायने रुनीकी पत्नी कोलीन रुनीसंग र खेलको क्रममा घाइते भएका युनाइटेड मिड फिल्डर माइकल क्यारिकसंग कुराकानी गरिरहेको अवस्थामा भेटिएको थियो ।

उक्त फुटबल खेल दुवै पक्षबाट १ – १ गोल भएको स्थितीमा टुँगिएको थियो । रेफ्रिको निर्णय प्रति अस्वाभाविक ढंगले आक्रोस व्यक्त गरेको कारण युनाइटेडका जोस मोरिन्होलाई रेडकार्ड देखाएर खेल मैदानबाट बाहिर पठाइएको थियो । खेल शुरु भएके दुई मिनेटमै वेस्ट ह्यामको तर्फबाट डियाफ्रा साखोले गोल गरेका थिए । खेलको एकाइसौं मिनेटमा युनाइटेडका पावल पोग्वाले दिएको क्रसलाई ज्लाटान इव्राहिमोभिकले हेड गरी गोल गरेका थिए ।