सिजी इन्टरटेनमेन्टद्वारा प्रस्तुत लक्स कामना फिल्म अवार्डस् २०७३

0
Shares

निष्पक्ष होस्ः यादव खरेल
अवार्डहरु बढ्दै गएको छ, यो आफैंमा एउटा राम्रो पक्ष हो। जहाँसम्म पुरस्कार दिने कुरा छ। सिद्धान्तको कुरा गर्दा स्रष्टालाई सम्मान त गर्नैपर्ने हो। तर, अहिले यति धेरै अवार्डहरु आए कि यिनीहरुले विकृतिसमेत निम्त्याएका छन्।

yadavकेको आधारमा पुरस्कार दिन लागिएको हो, त्यसको आधारहरु प्रस्ट नहुने, मानिसहरुले पैसा लिएर विजेता छनोट गर्ने, निष्पक्षता नहुने जस्ता कार्यहरु भएका छन्। त्यसैले अवार्ड दिँदा क्राइटेरिया हुनुपर्छ। अहिले चल्तीमा आएका कलाकारलाई चाहिँ पुरस्कार दिने अनि पुराना पुस्ताको योगदानलाई बिर्सने परम्परा छ, त्यसो हुनुहुँदैन। डाटा बेस्ड अवार्ड हुनुपर्छ। अवार्ड आयोजना गर्ने संस्थाको उद्देश्य स्पष्ट नहँुदा स्रष्टा र सिर्जनालाई बल पुगेको छैन।

कामना अवार्डमा सिजी र लक्स जोडिएको देखियो। अवार्ड कस्तोरूपमा हुन्छ आफ्नो ठाउँमा छ। कामना जस्तो प्रतिष्ठित पत्रिकाले अवार्ड दिँदा पुराना र वर्तमानलाई समेटेर तटस्थ, निष्पक्ष ढंगले आयोजना होस्।

मूल्यांकनको अवसर होः मदनकृष्ण श्रेष्ठ
अवार्डहरु हुनु राम्रो हो। यसले कलाकारको कामलाई सम्मान दिन्छ। कामको मूल्यांकन हुने अवसर पनि हो। मलाई पनि कामनाले सम्मान गरेको थियो। चलचित्र क्षेत्रमा भर्खर लागेका बेला पहिलो फिल्मबाटै पाएको madanपुरस्कार अझै पनि सम्झिरहेको छु। एउटा भव्य समारोह गरेर त्यो कार्यक्रम सम्पन्न भएको थियो। कामनाको आगमन भएपछि यसले कलाकारहरुलाई महत्त्व दियो। हिजोआज भइरहेका कतिपय अवार्डले निरन्तरता पाएका छैनन्। कामना अवार्डले निरन्तरता पाउनुपर्छ।

अवार्ड भनेको राम्रोकै लागि हुने हुन्। अहिले कतिपय अवार्डहरु विदेशमा हुने गरेका छन्। मुख्य कुरा देशमा राजनीतिक स्थिरता हुनुपर्यो। राजनीतिक स्थिरता भएमा मात्र चलचित्र क्षेत्रलाई अझ राम्रो हुन्छ। पत्रपत्रिकाहरुले पनि विज्ञापन पाउँछन्। कामना अवार्ड पहिले पनि राम्रो थियो र अहिले पनि राम्रो हिसाबले सम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु।

कामना अवार्ड प्रतिष्ठित छः हरिवंश आचार्य
म अवार्ड हुने कुरालाई सकरात्मकरूपमा लिन्छु। फिल्मका निर्माता, कलाकारमा अवार्डप्रति मोह छ। नेपालमा कलाकारिता गरेर धेरै पैसा पाइँदैन। इन्डियाको जस्तो एउटा फिल्मबाट करोडौं करोड पाइँदैन। त्यस्तोमा आफूले पाएको अवार्ड कोठामा राख्दा पनि आनन्द महसुस हुन्छ। भोलि आफ्ना छोराछोरीले पनि मेरो बुबा भनेर गौरव haribansaगरून् भन्ने लागेको हुन्छ। नेपालमा हुने अवार्डमा मैले पक्ष निष्पक्ष त्यति हेरेको छैन, तर अवार्डमा आफ्ना मान्छेलाई अवार्ड दिलाउने जस्तो कार्य हुनुहुँदैन। कामको आधारमा अवार्ड दिनुपर्छ।

कामना कला, संगीत तथा चलचित्रसम्बन्धी पुरानो पत्रिका हो। नेपाली कलाकार र चलचित्रमा यसको ठूलो भूमिका छ। यो कुनै एक व्यक्तिभन्दा पनि संस्थाको रूपमा विकास भएको पत्रिका हो। पहिलेको कार्यक्रम पनि प्रतिष्ठितरूपमा भएको छ। यसलाई निरन्तरता दिनुपर्छ। हुन त केही समयअगाडि देश विषम परिस्थितिमा थियो। उद्योग कलकारखाना, चलचित्रलगायतका अन्य क्षेत्र पनि ओइलाएको थियो। त्यो बेलामा पनि कामनाले आफ्नो कामलाई निरन्तरता दिएको अवस्था थियो। पहिलो कामना अवार्ड कार्यक्रम सबै राम्रो थियो, अब गर्दाचाहिँ अहिलेको मानिसहरुले छोटो मीठो नै मन पराउने भएकाले समयको पनि ख्याल गर्नुपर्छ।

अवार्ड मूल्यवान हुनुपर्छः मौसमी मल्ल
कलाकारले अवार्ड पाउनुभनेको त राम्रो हो नि। तर, महिनैपिच्छे हुने अवार्डले गर्दा यसको मूल्य घटेको छ। अवार्ड कार्यक्रम फेसनको रूपमा देखिएको छ। अवार्ड भनेको त त्यस्तो हुनुपर्छ, जसले कलाकारलाई एउटा स्थान mausamiदेओस्। कलाकारको मूल्यांकन हुने भयो भने मात्र त्यो अवार्ड मूल्यवान ठहरिन्छ। अहिले त जस्तो पनि अवार्ड भइरहेको छ। कतिपय कुराले राम्रो पनि लाग्छ र कतिपय कुराले गर्दा नराम्रो पनि लाग्छ। छिमेकी राष्ट्रहरुमा पनि यस्ता अवार्डहरु हुन्छन्, तिनीहरुको आफ्नै अस्तित्व छ। हामीकहाँ हुने अवार्डमध्ये केहीले आफ्नो अस्तित्व बनाउन सकेका छैनन्। अहिले च्याउसरी अवार्ड भइरहेका छन् र आज भयो भोलि हराउने भइरहेका छन्।

कामना भनेको त हामी कलाकारितामा आउनुभन्दा अघिदेखिको फिल्मी पत्रिका हो। यो त सर्वश्री नै हो। नेपाली चलचित्रमा यसको निकै ठूलो योगदान छ। कामना भनेको त्यस्तो एउटा मात्र पत्रिका हो, जसले जस्तोसुकै परिस्थितिमा पनि यति लामो समयदखि निरन्तरता दिँदै आएको छ। कला क्षेत्रलाई अगाडि बढाउन यसको ठूलो योगदान छ। मौसमी मल्ल भनेर पहिलोचोटी पाठकमाझ चिनाउने नै कामना हो। त्यही कामनाबाट पहिला पनि एकदम भव्यरूपमा अवार्ड कार्यक्रम भयो। यसपालि पनि त्यस्तै गरी सम्पन्न होस्। फेरि पनि निष्पक्ष र भव्यरूपमा कार्यक्रम होस्।

विवादबाट बच्नुपर्छः दीपक जंगम
deepakअवार्ड हुनु राम्रो हो, यसले स्रष्टालाई ऊर्जा दिन्छ। उनीहरुलाई हाइलाइट गर्छ। तर, संस्थाले कुन अवस्थामा कार्यक्रम गरेको छ, त्यसको जस अपजस त संस्थालाई नै जाने हो। धेरैजसो अवार्डहरु विवादित छन्। हरेक आयोजकले आफूलाई ठूलो सम्झन्छन्। अवार्ड कसरी हुनुपर्छ भन्दा पनि संस्थाको आ–आफ्नै तौरतरिकाहरु छन्। यसलाई गलत तरिकाले हेर्नु भने हुँदैन। कामनाले चाहिँ विवादबाट बच्नका लागि ध्यान दिनुपर्छ। आशा छ कामनाले स्रष्टाहरुलाई प्रोत्साहन गर्नेछ। कामना अवार्ड पोजेटिभ सोचका साथ अगाडि बढोस्।

नपाउनेले राम्रो भन्दैनः सुनील थापा
sunilअवार्ड मान्छेको नजरमा भर पर्छ। जो मान्छे पोजेटिभ सोचाइको हुन्छ, उसले पक्कै पनि यस्तो अवार्डलाई पोजेटिभरूपमा लिन्छ, जो नेगेटिभ सोचाइको छ, उसले यसलाई नेगेटिभ भन्छ। झन् अवार्ड नपाउनेले त राम्रो भन्दै भन्दैन। यस्तो अवार्डले कसैको केही बिगारेको हुँदैन। कलाकारका लागि अवार्ड पाउनुभनेको ठूलो उपलब्धि हो। अवार्ड पाए पनि नपाए पनि भाग लिनु नै ठूलो कुरा हो। कामना अवार्डले फिल्म इन्डिस्ट्रिजमै एउटा पोजेटिभ काम गर्न लागेको छ। अल द बेस्ट।

कामना अवार्ड भव्य हुन्छः लक्ष्मी गिरी
laxmiमेरो त अवार्ड लिने पालै आको छैन, पालो कुरेर बसेको छु। अवार्डले जसरी भए पनि कलाकारको हौसला बढ्छ। यस्तो अवार्डसँगै केही रकम पनि हुनुपर्छ। कलाकारले अवार्ड लगेर कोठामा राखेर मात्र के गर्नु, बाँच्नु पनि पर्छ। कुनै पनि काम गर्दा कमीकमजोरी भन्ने त भइहाल्छन्। त्यसलाई सुधार्दै लानुपर्छ। अरू अवार्ड जसरी भएको छ, त्योभन्दा फरक किसिमले अवार्ड हुनुपर्छ। हुन त कामना अवार्ड अरूभन्दा भव्य नै हुन्छ। जो अघिल्लो अवार्डले ने पुष्टि गरिसकेको छ।