नेपाली नेताहरुको गफ सुनेर धरहरा कहिले गम खान्छ भने कहिले खिलखिलाएर हाँस्छ। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन संविधान बन्नैपर्छ भन्ने कुरा हजारपटक यसले नसुनेको होइन। अहिले संविधान बन्यो प्रक्रिया निष्कर्षमा पुग्यो पुगेन धरहरा बताउन सक्दैन।
अहिले सत्तापक्षका मन्त्री र प्रतिपक्षका नेताको कुरा मिलेको देखेर धरहरा आनन्दित भएको छ। सरकारका उपप्रधानमन्त्री निधि र विपक्षका प्रदीप ज्ञवाली दुबैले भन्नुभएछ– ‘संविधान कार्यान्वयन हुन तीनै तहको निर्वाचन हुनुपर्छ।’ हैन भन्या यो नेताले भनिरहनुपर्छ। केले र कसले रोक्यो निर्वाचन गर्न ? आफूहरु निर्वाचन गर्न प्रयास नगर्ने अनि यो रटान किन गर्र्ने ? उहाँहरुले लोकसेवाको तयारी त गरेको हैन होला, कि कसो ?
प्रतिक्रिया