बेनजिरको अन्तर· सम्बन्धको खुलासा

0
Shares

लन्डन, (एजेन्सी)

पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो सन् १९९३ अक्टोबरमा दोस्रो पटक पाकिस्तानकी प्रधानमन्त्री बनेकी थिइन्। भुट्टो परिवारको राजनीतिलाई अगाडि बढाएकी बेनजिरले हार्वर्ड र अक्सफोर्ड युनिभर्सिटीबाट पढाइ पूरा गरेकी थिइन्। उनी पाकिस्तानमा जनादेशमा विश्वास गर्ने तथा आधुनिक राजनीतिको छवि बनाएकी राजनीतिज्ञ थिइन्। यद्यपि पाकिस्तानमा बेनजिर भुट्टो जति लोकप्रिय छिन् त्यति नै विवादास्पद पनि।

लन्डनमा रोशन मिर्जाद्वारा लेखिएको पुस्तक ‘इन्डिसेन्ट करेस्पोन्डेन्सः सेक्रेट लाइफ अफ बेनजिर भुट्टो’ मा भुट्टोको बारेमा यस्तै तथ्यहरूको खुलासा गरिएको छ। रोसनले आफ्नो पुस्तकमा बेनजिर भुट्टोको मोरोक्कन गा गो ब्वाइबीच शारीरिक सम्बन्धको दाबी गरिएको छ। किताबमा बेनजिर र अमेरिकामा पाकिस्तानका भूतपूर्व राजदूत सेरी रहमानले सेक्स पार्टीजको आयोजना गरेको दाबी पनि गरिएको छ।

रोसनल मिर्जाले आफ्नो किताबमा बेनजिरले सेरी रहमानबाहेक उमर नामका एकजना मोरोक्कन केटासँग पनि शारीरिक सम्बन्ध रहेको उल्लेख गरेको छ। त्यतिबेला उमरको उमेर बेनजिरको आधी मात्र थियो। रोशनले उक्त दाबी उमर र सारा नामकी एकजना पाकिस्तानी केटीसँगको कुराकानीबीच भएको कुराकानीका आधारमा गरेका हुन्। उक्त कुराकानीमा उमर आफैंले बेनजिरसँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए।

एकपटक पाकिस्तानी प्रेसलाई दिएको एक अन्तरवार्तामा मिर्जाले लन्डनमा सन् १९९५ देखि २००४ को बीचमा बेनजिर भुट्टोको रकबुड भिलामा सेक्स पार्टीको आयोजना हुने गरेको बताएका थिए। भुट्टो परिवारले सन् २००४ मा उक्त घर ४० लाख पाउन्डमा बेचेका थिए। उक्त पुस्तकलाई मान्ने हो भने बेनजिर भुट्टोको पनि थुप्रै पुरुषसँग शारीरिक सम्बन्ध थियो। मिर्जाले दुबई र इंग्ल्यान्डमा भुट्टोले सहज ढंगले सेक्स पार्टीमा सहभागी हुने गरेको दाबी गरेकी छिन्। बेनजिरको सम्बन्ध पाकिस्तानका अमेरिकी कूटनीतिज्ञ सैरी रहमानसँग पनि थियो। उनले नै बेनजिर र अन्य हाइक्लास महिलाका लागि विशेष निजी सेक्स पार्टीको व्यवस्था गर्दथे।

बेनजिरको स्वामित्वमा रहेको उक्त भिलामा बेनजिर र सेरी रहमानले नै प्राय सेक्स पार्टीको आयोजना गर्ने मिर्जाले दाबी गरेका छन्। उक्त भिलामा बेनजिर पछि उनका छोरा बिलावल पनि सेक्स पार्टीको आयोजना गर्ने गरेको उनले बताए। ती पार्टीहरूमा प्रेमी तथा पत्नीको साटासाट हुने गथ्र्यो।

पाकिस्तानमा जिया उल हकको शासनकाल (१९७९) मा बेनजिरका पिता तथा पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो। पिताको मृत्युपछि भुट्टोले पिताको पार्टी पाकिस्तान पिपुल्स पार्टीबाट राजनीति शुरू गरेकी थिइन्। २९ वर्षको उमेरमा उनी पार्टीको अध्यक्ष बनेकी थिइन्। यद्यपि पिताको मृत्युपछि पनि करिब ३ वर्षसम्म देशको सैन्य सरकारको कैदमै रहेकी थिइन्। उक्त कैद पूरा गरेपछि उनलाई विदेश जाने अनुमति दिइएको थियो र उनी लन्डन गइन्।

सन् १९८८ मा उनले इंग्ल्यान्डबाट पाकिस्तान आउने अनुमति पाइन्। सोही वर्ष उनको पार्टीले आमचुनावमा भारी बहुमतले जित हाँसिल गर्यो र पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बनिन्। सन् १९८७ मा भुट्टोले असिफ अली जरदारीसँग विवाह गरेकी थिइन्। यद्यपि भ्रष्टाचारको मामिलामा दोषी ठहर्याइएपछि बेनजिरलाई सन् १९९९ मा पुनः एक पटक देश छोड्नुपरेको थियो।

सन् २००७ मा पाकिस्तानमा सैन्य सत्ता कमजोर बन्दै गइरहेको थियो र नागरिकहरूले लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका थिए। त्यतिबेला बेनजिर भुट्टो नौ वर्षको निर्वासनबाट देश फर्केकी थिइन्।

तर उनीमाथि घातक आक्रमण हुने आशंका गरिएको थियो। बेनजिरले दुबईबाट कराँचीको उडानमा भनेकी थिइन् (मलाई लाग्छ सबैभन्दा ठूलो सुरक्षा ईश्वरले गर्छ, ईश्वरले चा≈यो भने सबै कुरा ठीक हुन्छ।तर सोही वर्ष डिसेम्बरमा रावलपिण्डीमा उनको पहिलो र्यालीमा आत्मघाती आक्रमणकारीबाट हत्या भयो।