२०७२ सालको भँकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालाले नेपालको भँकम्पपश्चात्अवलम्बन गरिएको एउटै रेडक्रस अभियानअन्तर्गत एकीकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निष्कर्ष निकालेको छ।
छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन, मँल्यांकनजस्ता विषयलाई एकाकार गरी उद्धार र प्रतिकार्यसम्बन्धी निर्देशिकाहरू मुलुकको संघीय संरचनाअनुकँल ढाल्नुपर्ने, प्रतिकार्यका लागि स्पष्ट कार्यविधिसहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोगसम्बन्धी सिद्धान्तलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकता तय गरेको छ। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो– ‘भविष्यमा हुन सक्ने ठँला विपद्मा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यँनीकरणका लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन अत्यावश्यक छ।’
विसं २०७२ सालको विनाशकारी भँकम्पपश्चात् रेडक्रसबाट गरिएको तत्काल सहयोग तथा अति प्रभावित जिल्लाहरूमा सञ्चालित भँकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीहरूको समीक्षा गर्दै भविष्यमा यस्तै विपद् आउँदा समग्र रेडक्रस परिवारले अझ राम्रो गर्न व्यावहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि जुजा किमले जानकारी दिनुभयो।
नेपालमा रेडक्रसमार्फत अति प्रभावित क्षेत्रहरूमा आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाइलगायतका समुदायमा विभिन्न पक्षको सहयोगमा सञ्चालित सहयोग गतिविधि तथा संस्थागत क्षमता विकास गतिविधिबाट सिकिएका पाठहरूका लागि ११ वटा समँहमा विभाजित भई छलफल आयोजना गरिएको र हरेक समँहका निश्कर्षहरू उत्तिकै महŒवपँर्ण भएको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले बताउनुभयो।
जापान, थाइल्यान्ड, कतार, अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्यान्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्यान्ड रेडक्रसका प्रतिनिधि, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका साथै भँकम्प प्रतिकार्य र पुनर्निर्माणमा संलग्न एनसेट, एचआरआरपीलगायतका प्रतिनिधिहरू तथा प्रतिकार्य गतिविधिमा संलग्न केन्द्र एवं जिल्लाका रेडक्रसकर्मीहरू गरी १ सय ४० जनाको सहभागिता रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो।
गृहमन्त्रालयका उपसचिव वंशीकुमार आचार्यले भँकम्पको पहिलो दिनदेखि नै आफँ हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताउनुभयो। मेक्सिकोका परामर्शदाता वान (व्गबल) ले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सहभागी र नेपालमा भँकम्प प्रतिकार्यमा प्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वाले धन्यवाद दिँदै भन्नुभयो– ‘हरेक व्यक्ति र संस्था जुनसुकै बेला विपत्तिको सामना गर्न तयार हुनुपर्छ, हिजोभन्दा चाँडो, हिजोभन्दा राम्रो तरिकाले काम गर्न सिक्दै जानुपर्दछ।’
सामाजिक तथा प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञ र लाभान्वितहरूको छुट्टाछुट्टै प्यानल छलफल कार्यक्रमको अर्को महŒवपँर्ण पक्ष रहेको थियो। विज्ञ समँहको छलफलमा एनसेटका डा. रमेश गुरागाईंले हाम्रो सामाजिक परिचालन र प्राविधिक क्षमताका आधारमा हेर्दा ३ वर्षमा मुलुकले पुनर्निर्माणका क्षेत्रमा ठँलो प्रगति मान्नुपर्ने बताउँदै पुनर्निर्माणको अवधि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
एचआरआरपीका लरेन लकुड नेपालको पुनर्निर्माणले १२ वर्षजति समय लिन सक्ने आकलन गर्नुभयो। विज्ञ डा. राम थपलियाले नेपालका संस्थाहरूको निर्णय र कार्यान्वयन क्षमता नै कमजोर रहेको तर्फ औंल्याउनुभयो। उहाँले भन्नुभयो– ‘पुनर्निर्माण कार्य जहाँ पनि देशको नेतृत्वको चुनौती हो, सुविधा सम्पन्न देशमा पनि प्रतिकार्य सफल नभएका धेरै उदाहरण छन् तर नेपाल सफलतातर्फ नै लम्किरहेछ।’ समाजशास्त्री डा. जीवन बानियाँले पुनर्निर्माण निकाय र प्रभावितबीच उपयुक्त सञ्चार हुन नसकेको खोजले देखाएको औंल्याउँदै क्षतिको अवस्था संकलन र पुनर्निर्माण योजनामा प्रभावितका कतिपय विषयलाई उचित सम्बोधन गर्न नसकिएको बताउनुभयो।
प्रतिक्रिया