काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। यस खेलमार्फत प्रयोगकर्ताले क्रिकेट खेल्ने अनुभवसँगै सिद्धार्थ लोयल्टी पोइन्टसमेत आर्जन गर्न सक्नेछन्।
बैंकका अनुसार मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध उक्त गेम खेल्न प्रयोगकर्ताले बैंकिङ सेवामा लगइन गर्नुपर्ने छैन। गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिने व्यवस्था गरिएको छ।
गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक लोयल्टी पोइन्ट र बलिङमा लिएको प्रत्येक विकेटबापत छ पोइन्ट प्राप्त हुने बैंकले जनाएको छ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले गेमबाट आर्जन गरेका पोइन्ट ‘सिद्धार्थ रिवार्ड्स’ प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका व्यक्तिले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन्। तर, संकलित पोइन्ट उपयोग गर्न भने बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ।
बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता बढाउने र मोबाइल बैंकिङको अनुभवलाई थप मनोरञ्जनात्मक बनाउने उद्देश्यले उक्त पहल गरेको जनाएको छ।
यससम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ। बैंकले फोन नम्बर ०१–५९७००२० र इमेलमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ।











प्रतिक्रिया