अदनस्थित राष्ट्रपति भवनमा हुथीको मिसाइल आक्रमण, ५ जनाको मृत्यु


काठमाडौँ ।

यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये प्रधानमन्त्रीका दुई सुरक्षागार्डसमेत रहेका छन्।रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरू राष्ट्रपति भवन परिसरमा थिए।

यद्यपि, सरकारका उच्च अधिकारीहरू सकुशल रहेको बताइएको छ।हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनस्थित साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन्। घटनापछि साउदी अरबका विमानस्थल तथा हवाई क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। आक्रमणको असरस्वरूप इत्तेहाद र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान अस्थायी रूपमा रद्द तथा स्थगित गरेका छन्।