काठमाडौं ।
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असोज २४ गते शनिबार निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। सो अवसरमा करिब १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
मञ्जुश्री फाइनान्स लिमिटेड २०८३ असोज २८ गतेदेखि स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
करिब २ लाख १० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको फाइनान्सले हालसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। देशभर २८ शाखा कार्यालय र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ।











प्रतिक्रिया