एनसेल र सामसङको सहकार्य, ग्राहकलाई ३१ प्रतिशतसम्म छुट


काठमाडौं ।

एनसेल र सामसङ नेपालबीचको सहकार्यमा एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन्।चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत सामसङले उपलब्ध गराउँदै आएको छुटमा एनसेलका ग्राहकले थप ५, ८ वा १२ प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकले पाउने अतिरिक्त छुट उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुनेछ।यो अफर असोज २२ देखि कात्तिक ३० सम्म लागू हुनेछ। छुट प्राप्त गर्न ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिक रूप दिइएको हो। दुवै कम्पनीले यस सहकार्यबाट ग्राहकलाई थप लाभ र सहज सेवा अनुभव प्रदान गर्ने अपेक्षा गरेका छन्।