एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई सहयोग


काठमाडौं ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरेको छ।

बैंकले मुगुको श्री हिमालय आधारभूत विद्यालय, डोटीका श्री नमादेव माध्यमिक विद्यालय र श्री मगलेक माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। त्यस्तै, मोरङको श्री बाललक्ष्मी आधारभूत विद्यालयमा पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठन सहज बनाउनुका साथै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।