काठमाडौं ।
नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो।
बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य २ लाख ९१ हजार ५०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।











प्रतिक्रिया