अन्तिममा चार गोल गर्दा फ्रान्स विजयीे


काठमाडौं, (नेस) ।

फ्रान्सले युईएफए नेसन्स लिगअन्तर्गत् बेल्जियमविरुद्धको खेलमा अन्तिममा चार गोल गर्दै सानदार जित हासिल गरेको छ । सोमबार राति स्टेड डी फ्रान्समा भएको उक्त खेलमा फ्रान्सले अन्तिम १३ मिनेटमा चार गोल गर्दै बेल्जियमलाई ४–१ ले हराएको पराजित गरेको थियो । समूह ए १ को खेलमा बेल्जियमका लागि डोडी लुकबाकियोले गोल गरेर घरेलु टोली र दर्शकलाई स्तब्ध तुल्याएका थिए । उनले ३५ औं मिनेटमा गोल गरेका थिए ।

यही एक गोलको अग्रतामा बेल्जियम जिततिर अग्रसर पनि भएको थियो । तर, ७७ औं मिनेटमा डेजुरे डुएले गोल गर्दै फ्रान्सलाई १–१ बराबरीमा पु¥याएपछि भने खेलमा फ्रान्सले दबाब तिब्र बनाएको थियो । यसै दबाबमा बेल्जियमको रक्षापंक्ति छताछुल्ल हुँदैं गएपछि फ्रान्स थप तीन गोल गर्न सफल भएको थियो ।

रायन चेर्कीले ८१ औं मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दा फ्रान्सले खेलमा २–१ को अग्रता लिएको थियो । यसपछि ओलिसेले ८८ औं र स्टपेज टाइमको पहिलो मिनेटमा गोल गरेर फ्रान्सको जित सुनिश्चित गरेका थिए । यो दुबै गोलका लागि डुएले असिस्ट दिएका थिए ।
जिनेदिन जिदानको नेतृत्वमा फ्रान्सको यो घरेलु मैदानमा पहिलो जित हो । घरेलु मैदानमा भएको यसअघिको खेलमा फ्रान्स इटालीसँग १–१ बराबरीमा रोकिएको थियो । यो नतिजापछि समूह ए १ मा फ्रान्स १० अंकसहित शीर्ष स्थानमा रहेको छ । इटाली ७ अंकसहित दोस्रो र बेल्जियम ६ अंकसहित तेस्रो स्थानमा छन् ।