एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त


काठमाडौं ।

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई थप चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुनेछ।

पन्तको हालको कार्यकाल असोज २३ गते सकिँदैछ। नयाँ नियुक्तिसँगै उनले निरन्तर दोस्रो कार्यकाल कम्पनीको नेतृत्व गर्नेछन्।