क्यापिटल म्याक्स सेक्युरिटिजद्वारा ७.९९% ब्याजदरमा स्मार्ट मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा ल्याउने घोषणा


काठमाडौँ।

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकहरूलाई थप लगानी क्षमता, लचिलो वित्तीय पहुँच तथा सहज कारोबारको अवसर प्रदान गर्ने उद्देश्यले “स्मार्ट मार्जिन ट्रेडिङ सुविधा” सञ्चालनमा ल्याउने भएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। क्यापिटल म्याक्सले यो सुविधालाई केवल अतिरिक्त खरिद क्षमता प्रदान गर्ने माध्यमका रूपमा नभई ग्राहकलाई आफ्नो तरलता व्यवस्थापन गर्दै बजारका अवसरहरूमा समयमै सहभागी हुन सहयोग पुर्‍याउने वित्तीय सुविधाका रूपमा अघि सारेको छ।

७.९९% वार्षिक ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) को स्मार्ट मार्जिन ट्रेडिङ सुविधाअन्तर्गत वार्षिक ७.९९% ब्याजदर कायम गरिएको छ। ग्राहकले स्वीकृत सीमाभित्र आवश्यकताअनुसार वित्तीय सुविधा उपयोग गर्न सक्नेछन् ।

विवरण सुविधा

ब्याजदर ७.९९% वार्षिक

वित्तीय सीमा रु. १० लाखदेखि रु. ५ करोडसम्म

ग्राहकको न्यूनतम मार्जिन ३०%

ब्रोकर कम्पनीबाट फाइनान्सिङ अधिकतम ७०% सम्म

अवधि १ देखि ३ महिनासम्म

सेवा शुल्क ०.२५%

मार्जिन ट्रेडिङ किन?

-थप खरिद क्षमताः कम प्रारम्भिक पूँजीबाट आफ्नो खरिद क्षमता बढाउन सकिने।


-आफ्नो इक्विटीको प्रभावकारी उपयोगः आफ्नो उपलब्ध इक्विटीको आधारमा थप लगानी क्षमता प्राप्त गर्न सकिने।


-प्रतिस्पर्धी ब्याजदरः ७.९९% वार्षिक ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा।

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) नै किन?

-सरल तथा व्यवस्थित प्रक्रियाः मार्जिन खातामार्फत सहज वित्तीय सुविधा


-मार्जिन सीमाः रु. १० लाखदेखि रु. ५ करोड सम्मको वित्तीय सीमा


-७०% सम्म फाइनान्सिङः स्वीकृत सीमाभित्र अधिकतम ७० प्रतिशत सम्म वित्तीय सुविधा ७.९९% वार्षिक ब्याजदर


-प्रयोग गरेको रकममा मात्र ब्याजः स्वीकृत सम्पूर्ण सीमामा नभई, वास्तवमा प्रयोग गरिएको रकममा मात्र ब्याज लागू हुने व्यवस्था ।


नोट: मार्जिन ट्रेडिङ सुविधा सम्बन्धी सम्पूर्ण कारोबार तथा वित्तीय सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित शर्तहरू बमोजिम हुनेछ। मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्नेछ।