काठमाडौँ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरेको महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ।
ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा आयोजित तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो।
तालिममा सहभागी महिलालाई तरल मल, फिनेल तथा हार्पिक तयार गर्ने सम्बन्धमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले महिलाको सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा वर्ल्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।
उनले महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु भएको उल्लेख गर्दै सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्रै तालिमको वास्तविक प्रभाव देखिने बताइन्।
वर्ल्डलिङ्कले यस्ता सीपमूलक कार्यक्रममार्फत महिलाको क्षमता विकास, आर्थिक आत्मनिर्भरता र साना उद्यम प्रवर्द्धनमा सहयोग पुर्याउने जनाएको छ।











प्रतिक्रिया