काठमाडौं।
लिपमोटरले सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गर्दै नयाँ विश्वव्यापी कीर्तिमान कायम गरेको छ। कम्पनीका अनुसार तेस्रो त्रैमासिकमा मात्रै ३ लाख १० हजार ५२ युनिट सवारीसाधन डेलिभरी भएका छन्।
यससँगै लिपमोटरले लगातार तेस्रो महिनामा मासिक १ लाखभन्दा बढी युनिट डेलिभरीको आँकडा पार गरेको छ। सेप्टेम्बरको डेलिभरी गत वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। त्यस्तै, तेस्रो त्रैमासिकको डेलिभरीमा ७८.३ प्रतिशतको वृद्धि भएको छ।
कम्पनीका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ। यो संख्या सन् २०२५ को पूरा वर्षमा भएको कुल डेलिभरीभन्दा समेत बढी हो।
विश्वव्यापी अटोमोबाइल कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारीमा सञ्चालित ‘लिपमोटर इन्टरनेसनल’ मार्फत कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ। हालसम्म लिपमोटरको कुल विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिटभन्दा बढी पुगेको छ।
युरोपमा समेत कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गरिरहेको छ। कम्पनीका अनुसार युरोपमा लिपमोटरको बिक्री तथा सेवा सञ्जाल १ हजारभन्दा बढी स्थानमा पुगेको छ।
विश्व बजारमा नयाँ ऊर्जा सवारीसाधन (NEV) को माग बढिरहेका बेला लिपमोटरले विद्युतीय सवारीसाधनको विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
नेपालमा लिपमोटरको आधिकारिक उपस्थितिलाई सांग्रिला मोटर्स प्रालिले अघि बढाइरहेको छ। कम्पनीले लिपमोटरका विभिन्न विद्युतीय मोडलमार्फत नेपाली बजारमा उन्नत ईभी प्रविधि, सुरक्षा र दिगो गतिशीलता उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
नेपालमा लिपमोटरका स्मार्ट तथा उच्च कार्यक्षमताका विद्युतीय सवारीसाधनमार्फत ब्रान्डको विश्वव्यापी प्रविधि र अनुभव नेपाली ग्राहकसम्म पुर्याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया