काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले उक्त क्लबका विभिन्न सेवामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
क्लबमा एमएमए, बक्सिङ, एड्भान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुुम्बा, योगालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ। साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि सौना सुविधासमेत उपलब्ध रहेको छ।
छुट तथा सुविधा लिनका लागि मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता व्यावसायिक सम्झौता गर्दै आएको जनाएको छ।











प्रतिक्रिया