काठमाडौं ।
सिद्धार्थ बैंकले दशैंको अवसर पारेर दराजसँगको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकका अनुसार असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट पाउनेछन्।
छुट प्राप्त गर्न ग्राहकले दराज एपमा रहेको ‘१०–१० दशैं धमाका’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुने बैंकले जनाएको छ।
त्यसपछि कम्तीमा १ हजार ९ सय ९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा उपलब्ध भाउचर छनोट गरी भुक्तानीको माध्यममा ‘Visa Debit/Credit Card’ छनोट गर्नुपर्नेछ। सोही क्रममा सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेपछि ग्राहकले तोकिएको छुट प्राप्त गर्न सक्नेछन्।
दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ। सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सुरक्षित र सहज माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै दशैंको किनमेलमा थप सुविधा प्रदान गर्ने बैंकको विश्वास छ।
बैंकले अफरमार्फत डिजिटल बैंकिङको प्रयोगलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरेको छ।
अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका अनुसार सिद्धार्थ केयरको फोन नम्बर ०१–५९७००२० रहेको छ।











प्रतिक्रिया