काठमाडौं ।
इरान आसपासको क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाउने तयारी गरेको छ। अमेरिकी अधिकारीका अनुसार तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह इरान नजिक तैनाथ गर्ने तयारी भइरहेको छ।
रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार अमेरिकी मरीनसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेको बताइएको छ। सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म हुने जनाइएको छ।
यता, होर्मुज जलडमरु हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्सले जनाएको छ। ट्यांकरमा करिब २५ लाख ब्यारेल तेल बोक्न सक्ने क्षमता रहेको बताइएको छ।
घटनामा कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैन। होर्मुज जलडमरु विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग भएकाले पछिल्लो घटनाले क्षेत्रीय समुद्री सुरक्षाप्रति चासो बढाएको छ।











प्रतिक्रिया