काठमाडौँ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
नेपालमा गत भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा राहत तथा पुनःउत्थानका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
बाढीका कारण देशका विभिन्न जिल्लाका परिवारको दैनिक जीवन तथा जीविकोपार्जनमा ठूलो असर परेको भन्दै बैंकले प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले कोषमा योगदान गरेको जनाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले विपद्को समयमा प्रभावित समुदायलाई निरन्तर सहयोग आवश्यक पर्ने भन्दै बैंकले सरकारका पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा साथ दिने बताए।
उनले बाढी प्रभावितको जीविकोपार्जन पुनःस्थापित गर्न तथा भविष्यमा यस्ता विपद्सँग जुध्न सक्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपालमा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले समुदायमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव पार्ने पहलहरूमा योगदान गर्दै आएको पनि जनाएको छ।











प्रतिक्रिया