अनर च्वाइस टीटेन नेपालमा सार्वजनिक, एआई अनुवाद र ५ हजार एमएएच ब्याट्री मुख्य विशेषता


काठमाडौँ।

अनरले नयाँ स्मार्टफोन अनर च्वाइस टीटेन नेपाली बजारमा सार्वजनिक गरेको छ। कृत्रिम बुद्धिमत्तामा आधारित अनुवाद सुविधा, ६.७५ इन्चको ठूलो डिस्प्ले र ५ हजार एमएएच क्षमताको ब्याट्रीलाई फोनको मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

अनर च्वाइस टीटेनमा विभिन्न भाषामा हुने कुराकानीलाई वास्तविक समयमै अनुवाद गर्न सकिने एआई सुविधा रहेको कम्पनीले जनाएको छ। यसले फरक–फरक भाषा बोल्ने व्यक्तिबीचको कुराकानीलाई सहज बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

फोनमा इन्टरनेटको पहुँच नभएको अवस्थामा समेत विभिन्न भाषाको अनुवाद गर्न सकिने सुविधा दिइएको छ। नेटवर्क उपलब्ध नभएका स्थानमा पनि अनुवाद गर्न सकिने भएकाले यात्रा तथा दैनिक जीवनमा यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ।

त्यस्तै, अनर च्वाइस टीटेनमा ६.७५ इन्चको ठूलो डिस्प्ले राखिएको छ। भिडियो हेर्न, इन्टरनेट चलाउन तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने गरी ठूलो पर्दा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। दैनिक प्रयोगमा लामो समयसम्म फोन चलाउन सकियोस् भन्ने उद्देश्यले ठूलो क्षमताको ब्याट्री राखिएको कम्पनीको भनाइ छ।

दुई संस्करणमा उपलब्ध

अनर च्वाइस टीटेन नेपाली बजारमा दुई संस्करणमा उपलब्ध रहेको छ।

३ जीबी र्‍याम र ३२ जीबी भण्डारण: १६ हजार ४ सय ९९ रुपैयाँ

४ जीबी र्‍याम र ६४ जीबी भण्डारण: १९ हजार ४ सय ९९ रुपैयाँ

कम्पनीका अनुसार अनर च्वाइस टीटेन नेपालभर रहेका आधिकारिक अनर बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ।