काठमाडौँ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै नयाँ चाडपर्व योजना सार्वजनिक गरेको छ। ‘उत्सव नयाँ, राइड नयाँ’ नामक योजनाअन्तर्गत ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ।
देशभर लागू हुने योजनामा नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याजमा फाइनान्सिङ तथा ३६ महिनासम्मको कम ईएमआई सुविधा लिन सक्नेछन्। कम्पनीका अनुसार शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि उपलब्ध हुनेछ। उक्त सुविधा सम्बन्धित योजनाका सर्तअनुसार लागू हुने जनाइएको छ।
अफर सुजुकीका विभिन्न मोडलमा लागू हुनेछ। जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ लगायतका मोडल रहेका छन्।
कम्पनीले चाडपर्वको समयमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई आर्थिक तथा फाइनान्सिङ दुवै हिसाबले सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ।
‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले नजिकको आधिकारिक डिलरमा सम्पर्क गरी उपलब्ध मोडल, छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन्।
सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी तथा एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।











प्रतिक्रिया