बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक


काठमाडौं।

नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।

दसैँदेखि छठसम्म लागू हुने सीमित अवधिको यस योजनामार्फत ग्राहकलाई स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटीमा सहज रूपमा जोडिन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन्। जसमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्मको ईएमआई भुक्तानी सुविधा तथा निःशुल्क प्रिमियम एसेसरिज रहेका छन्।

योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्व नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर भएकाले ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा उपलब्ध गराउने उद्देश्यले ‘चेतक फेस्टिभ फाइभ’ योजना ल्याइएको बताउनुभयो।

“शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र पाँच वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई स्मार्ट तथा वातावरणमैत्री यात्रातर्फ सहज रूपमा अघि बढ्न मद्दत गर्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो।

कम्पनीका अनुसार ‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुममा उपलब्ध हुनेछ।

बजाज चेतक विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको एक प्रमुख ब्रान्ड हो। कम्पनीले आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक प्रविधि, टिकाउपन, शैली तथा स्मार्ट कनेक्टिभिटीसँग जोड्दै विद्युतीय स्कुटर बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ।

क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संयोजनका रूपमा बजाज चेतकलाई नेपाली बजारमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।