जगदम्बा मोटर्सको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, दुई नयाँ टीभीएस सवारी सार्वजनिक


काठमाडौं।

जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। सोमबारदेखि सुरु भएको मेलामा कम्पनीले टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी मोटरसाइकल सार्वजनिक गरेको हो।

नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं–तिहारलाई लक्षित गर्दै आयोजना गरेको मेला असोज १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ टीभीएस एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भीको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

कार्यक्रममा जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, टीभीएस मोटर कम्पनी भारतका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बाली र ब्रान्ड व्यवस्थापक प्रसाद सुन्दरमले संयुक्त रूपमा एनटर्क १५० सार्वजनिक गरेका थिए।

एनटर्क १५० सार्वजनिकपछि कलाकार व्योमाले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा मोटरसाइकल स्टन्ट प्रदर्शनसमेत गरिएको थियो।

त्यसपछि अनुभव बालीले टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी सार्वजनिक गरेका थिए। कम्पनीका अनुसार उक्त मोटरसाइकलमा प्रोजेक्टर हेडल्याम्पसँगै अपसाइड–डाउन अगाडिको फोर्क जडान गरिएको छ। मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ।

जगदम्बा मोटर्सकी निर्देशक अग्रवालले नयाँ उत्पादन सार्वजनिकसँगै महा एक्सचेन्ज मेलामार्फत ग्राहकलाई पुरानो दुईपाङ्ग्रे सवारी साधन साटेर नयाँ सवारी खरिद गर्ने अवसर उपलब्ध गराइएको बताइन्।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यापार प्रमुख बालीले नेपाल टीभीएसका लागि महत्त्वपूर्ण बजार रहेको बताउँदै नयाँ उत्पादनमार्फत नेपाली ग्राहकलाई नयाँ प्रविधि उपलब्ध गराउने प्रयास गरिएको बताए।

यस्ता छन् मेलाका अफर

महा एक्सचेन्ज मेलामा पुरानो दुईपाङ्ग्रे सवारी साधन साटेर नयाँ टीभीएस खरिद गर्ने ग्राहकका लागि विभिन्न अफर सार्वजनिक गरिएको छ।

पुरानो सवारीको खरिद मूल्य बराबर शतप्रतिशत नगद फिर्ता, गोल्ड की वा १० लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर।

मेलास्थलमै ५० भन्दा बढी मूल्याङ्कनकर्ता मार्फत पुरानो सवारीको मूल्याङ्कन।

प्रत्येक दिन दुई जना भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस।

नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो वित्तीय सुविधा।

टीभीएसका विभिन्न मोडलको प्रदर्शन तथा परीक्षण सवारीको व्यवस्था।

मेलामा स्टन्ट प्रदर्शन, विभिन्न सवारीको परीक्षण सवारी, खेलकुद क्षेत्र तथा खानपानका स्टलसमेत राखिएको कम्पनीले जनाएको छ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको मेला असोज १९ गतेसम्म चल्नेछ।