काठमाडौँ।
जीडब्लुएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै विद्युतीय सवारीसाधन खरिदमा ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ दिने योजना सार्वजनिक गरेको छ।
‘गो विथ मोर’ नाम दिइएको योजनाअन्तर्गत जीडब्लुएमका विद्युतीय एसयूभी ओरा ५ ईभी र हावल जोलियन म्याक्स ईभी खरिद गर्ने ग्राहकले विभिन्न सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओरा ५ ईभी खरिदमा २ लाख रुपैयाँसम्म र हावल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन्। योजनामा निःशुल्क पूर्ण बीमा, सडक दस्तुर, अतिरिक्त टायर तथा ७ किलोवाट क्षमताको चार्जर र अन्य सामग्री समावेश गरिएको छ।
त्यस्तै, ग्राहकले नगद छुट, आकर्षक सवारीसाधन साटफेर मूल्य तथा सहज वित्तीय सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यी सुविधा कम्पनीले तोकेका नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।
ओरा ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि तथा प्रिमियम विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। प्रविधिमैत्री भित्री संरचना र आधुनिक डिजाइन रहेको उक्त मोडलले सन् २०२६ को टोरोनो अटोमोटिभ डिजाइन अवार्डअन्तर्गत ‘पारिवारिक कार’ विधामा उत्कृष्ट भित्री डिजाइनको पुरस्कारसमेत प्राप्त गरेको कम्पनीको भनाइ छ।
त्यस्तै, हावल जोलियन म्याक्स ईभीमा आधुनिक एसयूभी डिजाइन, विद्युतीय सञ्चालन प्रणाली तथा विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ। उक्त मोडल ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
जीडब्लुएम नेपालले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्दै आएको जनाएको छ।
जीडब्लुएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि रहेको छ। कम्पनीका अनुसार योजना काठमाडौँ, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक विक्रेता केन्द्रमार्फत उपलब्ध हुनेछ।
ग्राहकले सम्बन्धित शोरुममा पुगेर योजना, सवारीसाधन साटफेर तथा वित्तीय सुविधाबारे थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।











प्रतिक्रिया