काठमाडौं ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्श तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती र उदीयमान अवसरबारे छलफल भएको थियो। सहकार्य विस्तार, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणलाई छलफलको मुख्य विषय बनाइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा ऊर्जा उद्योगसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा देखिएका बदलिँदा आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र आधुनिक प्रविधिको भूमिकाबारे पनि कार्यक्रममा छलफल गरिएको थियो।
सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको समग्र मूल्य शृंखलामा अझ बलियो सहकार्य आवश्यक रहेको बताएका थिए।
सो अवसरमा लिट्मस इन्डस्ट्रिजले आफ्ना विद्यमान उत्पादन तथा समाधानको विस्तृत श्रृंखला प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि पनि सार्वजनिक गरेको छ।
कम्पनीले एचटीएलएस (हाई टेम्परेचर लो स्याग) कन्डक्टर र एएल–५९ (एए५९) कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो। कम्पनीका अनुसार यी नयाँ प्रविधिले उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण प्रणालीमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच बलियो साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिए।
नेपालको ऊर्जा क्षेत्र निरन्तर विकसित भइरहेका बेला भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उनले बताए।
रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको छ। कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारसम्बन्धी क्षेत्रमा प्रयोग हुँदै आएका छन्।











प्रतिक्रिया