काठमाडौं ।
नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जाको सुविधा उपलब्ध गराउनेछ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज बनाउनु रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको अवस्थामा ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने व्यवस्था गरिएको छ। यसबाट होण्डाका नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्राप्त गर्ने प्रक्रिया थप सहज र छिटो हुने अपेक्षा गरिएको छ।
यो सवारी कर्जा सुविधा होण्डाका विभिन्न लोकप्रिय मोडल खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ। जसअन्तर्गत होण्डा सीआर–भी, सिटी ईःएचईभी, पाँचौँ पुस्ताको सिटी र एलिभेट लगायतका गाडी रहेका छन्।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख व्यवसाय अधिकृत अमित केसी र धितो कर्जा तथा सवारी कर्जा विभाग प्रमुख दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।
स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एशिया बैंकबीचको यो सहकार्यले नेपाली ग्राहकलाई होण्डाका नयाँ गाडी खरिद गर्न आवश्यक वित्तीय स्रोत सहज रूपमा उपलब्ध गराउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।
दुवै संस्थाले सहुलियतपूर्ण सवारी कर्जा सुविधाले ग्राहकको नयाँ होण्डा कार चढ्ने चाहनालाई सरल, सहज र छिटो रूपमा पूरा गर्न सहयोग पुग्ने बताएका छन्।











प्रतिक्रिया