क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट


काठमाडौँ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्’ योजना ल्याएको हो।

अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सय रुपैयाँ तिरेर ७ महिनासम्म सेवा प्रयोग गर्न पाउनेछन्।

योजनामा ग्राहकले ४ महिनाको इन्टरनेट बोनससँगै वाइफाइ ६ राउटर र निःशुल्क जडान सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

दशैंको अवसरमा ग्राहकलाई थप बचतको सुविधा उपलब्ध गराउँदै उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले अफर ल्याइएको क्लासिक टेकको भनाइ छ।

अफर तथा सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले [email protected] मा इमेल गर्न वा ०१-५९७०१२८ तथा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। कम्पनीको वेबसाइटबाट समेत थप जानकारी लिन सकिनेछ।

कम्पनीका अनुसार अफरमा तोकिएका सर्तहरू लागू हुनेछन्।