धनगढी।
एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनबाट शाखा कार्यालयसँगै प्रादेशिक कार्यालयसमेत सञ्चालनमा ल्याएको हो।
असोज ५ गते आयोजित कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखा तथा भवनको उद्घाटन गर्नुभयो।
कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयलाई समेत यसअघि रहेको स्थानबाट नयाँ भवनमा स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गर्ने जनाएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ।
धनगढीको क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रको बैंकिङ पहुँच तथा आर्थिक गतिविधिमा थप सहयोग पुग्ने बैंकको विश्वास छ। बैंकका अनुसार शाखा विस्तारले स्थानीय उद्योग, व्यवसाय तथा समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया