जनप्रिय बचत तथा ऋण सहकारीको १९औँ बार्षीक साधारण सभाबाट नयाँ समिति गठन


काठमाडौं ।

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा दीयालो पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ सञ्चालक समिति गठन गरेको छ ।

साधारण सभाबाट रामु सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्ण जीसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा याम बहादुुर सुुर्खाली चयन भएका छन् । सञ्चालक समिति सदस्यमा कृष्ण मुुरारी सापकोटा र राजेन्द्र आचार्य महीला सदस्यमा कबिता काफ्ले चयन भएका छन् । त्यसैगरी, लेखा समिति संयोजकमा कृष्णप्रसाद शर्मा तथा सदस्य हरुमा दुुर्गालाल शर्मा चापागाँइ र भुुबनेश्वर भट्टराइ चयन भएका छन् ।

कार्यक्रममा निबर्तमान उपाध्यक्ष रामु सुवेदीले स्वागत मन्तव्य राख्दै साधारण सभामा उपस्थित सम्पूर्ण शेयर सदस्य, अतिथि तथा शुभेच्छुकहरूलाई स्वागत गरेका थिए । उनले संस्थाको विकास र आगामी यात्रामा सबै सदस्यको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

सभामा निवर्तमान अध्यक्ष हेमराज आचार्यले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्यहरूको आर्थिक हित र समृद्धिका लागि गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराए । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको विकासका लागि सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै बर्तमान लेखा सुुपरीवेक्षण समितिका संयोजक कृष्ण प्रसाद शर्माले आर्थिक वर्ष २०८२÷२०८३ को बार्षीक प्रतिवेदन पेश गर्नुु भएको थियो ।

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै निबर्तमान कोषाध्यक्ष पूर्ण जीसीले आर्थिक वर्ष २०८२÷८३ को वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष रामु सुवेदीले सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारीको संस्थागत विकाससँगै सदस्यहरूको आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
सभामा शेयर सदस्यहरूले संस्थाको आगामी कार्यदिशा, सेवा विस्तार तथा सहकारीको समग्र विकासका विषयमा विभिन्न सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।

नयाँ सञ्चालक समिति तथा लेखा समितिले सम्पूर्ण शेयर सदस्यको सहकार्य र सुझावलाई आत्मसात् गर्दै जनप्रिय बचत तथा ऋण सहकारी संस्थालाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।