ओप्पोले नेपालमा सार्वजनिक गर्‍यो रेनो १६ सिरिज


काठमाडौं।

स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले भव्य फेसन शो आयोजना गर्दै रेनो १६ र रेनो १६ एफ नेपालमा सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र नेपालकी महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विशेषता तथा प्रयोग अनुभव प्रस्तुत गरेका थिए। उनीहरूले वास्तविक जीवन र सक्रिय जीवनशैलीमा स्मार्टफोनको प्रयोगलाई समेत प्रदर्शन गरेका थिए।

रेनो १६ सिरिजसँगै ओप्पोले ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण पनि सार्वजनिक गरेको छ। यसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन र रिमोट शटरका रूपमा काम गर्नुका साथै डिस्प्लेमा व्यक्तिगत सामग्री राख्न सकिने सुविधा प्रदान गर्छ। यसको अधिकतम खुद्रा मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको भए पनि प्रवद्र्धन अवधिमा ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ। कम्पनीका अनुसार पप ह्वाइट भेरियन्टमा होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको छ, जसले फोनमा तैरिरहेको जस्तो दृश्य प्रभाव प्रदान गर्छ। रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले र रेनो १६ एफमा ६.५७ इन्चको डिस्प्ले दिइएको छ।

फोटोग्राफीका लागि दुवै मोडलमा ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा रहेको छ, जसले १०० डिग्रीसम्मको वाइड एंगल सपोर्ट गर्छ। त्यस्तै, अप्टिकल इमेज स्टेबलाइजेसनसहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमताको टेलिफोटो पोट्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको कम्पनीले जनाएको छ।

भिडियो तथा फोटो अनुभवलाई थप सिर्जनात्मक बनाउन पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका फिचर उपलब्ध छन्।

कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसन लगायतका एआई फिचर समावेश छन्। रेनो १६ मा ६,७०० एमएएच र रेनो १६ एफमा ७,००० एमएएच क्षमताको ब्याट्री रहेको छ। दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन्। रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ।

सिरिजमा एआई लिंकबुस्ट ४.० का साथै पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ। त्यस्तै, स्प्लास टच र ग्लोभ टच सुविधाले विभिन्न परिस्थितिमा फोन प्रयोग गर्न सहज बनाउने कम्पनीको दाबी छ।

नेपालमा रेनो १६ ५जीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन्।

कम्पनीले सार्वजनिक अवसरमा ग्राहकका लागि विभिन्न अफरसमेत घोषणा गरेको छ। पहिलो ५०० जना ग्राहकले रेनो १६ एफ वा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन्। साथै, कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ओप्पोका अनुसार स्टाइलिस डिजाइन, उन्नत क्यामेरा, एआई फिचर र लामो समय टिक्ने ब्याट्रीलाई केन्द्रमा राखेर रेनो १६ सिरिज आधुनिक जीवनशैलीलाई लक्षित गर्दै तयार गरिएको हो।