स्वावलम्बन लघुवित्तद्वारा सहयोग


काठमाडौं, (नेस) ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र उद्धारका लागि ४० लाख रुपियाँ सहयोग गरेको छ।

संस्थाका अध्यक्ष प्रा. डा. कुसुम शाक्यले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

विपद्को कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ । कुल ४० लाखमध्ये संस्थागत तर्फबाट २५ लाख रुपियाँ, सञ्चालकहरूको तर्फबाट ३० हजार ६ सय रुपैयाँ र सम्पूर्ण कर्मचारीको तर्फबाट १४ लाख ६९ हजार ४ सय रुपियाँ योगदान गरिएको छ ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति स्वावलम्बन लघुवित्तले दुःख व्यक्त
गरेको छ ।