पछिल्लो २४ घण्टामा यमनमा साउदीका ५४ हवाई आक्रमण, हुथीको दाबी


काठमाडौं ।

हुथी विद्रोहीहरूले साउदी अरबले यमनका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ५४ पटक हवाई आक्रमण गरेको दाबी गरेका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी लडाकु विमानले ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा आक्रमण गरेका हुन्।

हुथीहरूले सोमबार साउदी सैन्य अखडालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी पनि गरेका छन्। उनीहरूले रेड सीको तटीय क्षेत्र र बाब अल–मन्डेब जलमार्गमा आफ्नो नियन्त्रण रहेको बताएका छन्।

होर्मुज जलमार्गमा तनाव बढिरहेका बेला बाब अल–मन्डेबको रणनीतिक महत्त्व थप बढेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।