काठमाडौं ।
टीभीएस नेपालले दशैंलाई लक्षित गर्दै ‘TVS Golden Key’ विशेष योजना सार्वजनिक गरेको छ। जगदम्बा मोटर्स प्रालिले ल्याएको यस योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले रु. १० लाखसम्म नगद छुट, ‘Gold Key’ वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्।
योजनामा प्रत्येक खरिदमा निश्चित पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै, दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउने अवसरसमेत प्राप्त गर्नेछन्।
दशैंमा टीभीएसका दुईपांग्रे सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले सहज फाइनान्स सुविधा पनि उपलब्ध गराउने जनाएको छ। सुविधा सम्बन्धित नियम तथा सर्तअनुसार लागू हुनेछ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ‘TVS Golden Key’ मार्फत ग्राहकलाई थप मूल्य र आकर्षक लाभ प्रदान गर्ने उद्देश्य रहेको बताए। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले योजनाले टीभीएस सवारीसाधनको स्वामित्वलाई ग्राहकका लागि अझ सहज र लाभदायी बनाउने विश्वास व्यक्त गरे।
थप जानकारीका लागि TVS Nepal मा जान सकिने कम्पनीले जनाएको छ।











प्रतिक्रिया