माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने


काठमाडौँ।

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्स्टेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।