काठमाडौं ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएसँगै जीएमडब्लु नेपालले आफ्नो नयाँ विद्युतीय मोडलहरूको डेलिभरी प्रक्रिया अगाडि बढाएको छ। जीएमडब्लुको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रा. लि.ले ओरा ५ ईभी र हालै नेपालमा सार्वजनिक गरिएको हाभल जोलियन म्याक्स ईभीको बुकिङ भएका ग्राहकलाई डेलिभरी दिने तयारी तीव्र पारेको हो।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी सडकखण्डमा अवरोध भएपछि सवारीसाधन ढुवानीका लागि कम्पनीले वैकल्पिक रूपमा कोरला नाका प्रयोग गरिरहेको जनाएको छ। कम्पनीका अनुसार कोरला मार्ग प्रयोग गरेपछि सडक अवरोधका बाबजुद सवारीसाधनको ढुवानी तथा डेलिभरी प्रक्रियालाई निरन्तरता दिन सहज भएको छ।
NAIMA Nepal Mobility Expo 2026 मा सार्वजनिक गरिएकोहाभल जोलियन म्याक्स ईभी ORA 5 पछि नेपालमा जीएमडब्लुको दोस्रो पूर्ण विद्युतीय SUV हो। कम्पनीले यसलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष प्रारम्भिक मूल्य मा बजारमा ल्याएको थियो।
ORA 5 र HAVAL Jolion MAX EV दुवैले नेपाली बजारमा उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ। आधुनिक डिजाइन, विद्युतीय पावरट्रेन तथा प्रिमियम SUV सेग्मेन्टमा केन्द्रित विशेषताका कारण यी दुई मोडलप्रति ग्राहकको चासो बढेको बताइएको छ।
VG Impex का अनुसार ग्राहकहरूको बुकिङ क्रमशः प्रशोधन भइरहेको छ। डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ। ग्राहकका लागि बुकिङदेखि सवारीसाधन हस्तान्तरणसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउन कम्पनीले काम गरिरहेको जनाएको छ।
यससँगै जीएमडब्लु नेपालले नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने योजना अघि सारेको छ। कम्पनीले आगामी दिनमा आफ्नो पोर्टफोलियोमा थप प्रिमियम तथा लक्जरी मोडलहरू थप्दै आधुनिक प्रविधि र विश्व बजारमा प्रतिस्पर्धी सवारीसाधन नेपाली ग्राहकसम्म ल्याउने जनाएको छ।












प्रतिक्रिया