काठमाडौँ ।
शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारका रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य व्यवस्थापन गर्ने गरी दुवै संस्थाबीच सम्झौता भएको हो। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार शेयर तथा शेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारीलगायत शेयर रजिष्ट्रारसँग सम्बन्धित कार्य सिटिजन्स क्यापिटलले गर्नेछ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको शेयर रजिष्ट्रारका रूपमा सेवा सुरु गर्नेछ।
कम्पनीका शेयरधनीलाई शेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा शेयर कारोबारसँग सम्बन्धित कार्यमा आवश्यक सहजीकरणसमेत सिटिजन्स क्यापिटलले उपलब्ध गराउने जनाएको छ।
सिटिजन्स क्यापिटलले आफ्नो व्यावसायिक दक्षता र अनुभवी जनशक्तिमार्फत शिव श्री हाइड्रोपावरका शेयरधनीलाई प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
दुवै संस्थाका अनुसार यो सहकार्यले शिव श्री हाइड्रोपावरका शेयरधनीलाई शेयरसम्बन्धी सेवा लिन थप सहज हुने तथा दुवै संस्थाबीचको व्यावसायिक सम्बन्धसमेत थप मजबुत हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया