मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सद्वारा दैवीप्रकोप उद्धार कोषमा ३१ लाख सहयोग


काठमाडौँ ।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्स प्रालि. ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेका छन्।

देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएका छन्। विशेषगरी रसुवा तथा भोटेकोशी नदी आसपासका क्षेत्रमा आएको बाढीले स्थानीय समुदायको जनजीवनमा गम्भीर असर पारेको छ।

विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउने सरकारी अभियानमा सहयोग गर्ने उद्देश्यले दुवै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन्।

सरकारी राहत संयन्त्रमार्फत परिचालन हुने उक्त सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकसम्म राहत तथा आवश्यक सहयोग पुर्‍याउने प्रयासमा योगदान पुग्ने विश्वास कम्पनीहरूले व्यक्त गरेका छन्।

विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सले जनाएको छ।

कम्पनीका अनुसार व्यवसायिक गतिविधिसँगै समुदाय र समाजप्रतिको जिम्मेवारीलाई समेत निरन्तर प्राथमिकतामा राख्दै आएको छ। प्राकृतिक विपद्का कारण प्रभावित सबै परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीहरूले यस्तो कठिन परिस्थितिमा सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

विपद्को समयमा गरिएको उक्त सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारी प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।