साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा


काठमाडौँ ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै नयाँ ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार व्यवसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच पुर्‍याउने तथा क्लाउडमार्फत नेटवर्क व्यवस्थापन गर्न सकिने गरी ‘बिज २४’ तयार गरिएको हो। व्यवसाय सञ्चालनका क्रममा आउने नेटवर्कसम्बन्धी समस्या छिटो समाधान गर्न यसमा Priority Support समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष संवाद र फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणपछि ‘बिज २४’ विकास गरेको जनाएको छ।

वर्ल्डलिंक कम्युनिकेसन्सका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरै साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर छन्। त्यसका कारण व्यवसायिक परिसरका कतिपय स्थानमा वाईफाई सिग्नल नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा नेटवर्कको अवस्थाबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

यस्ता चुनौतीलाई समाधान गर्ने उद्देश्यले ‘बिज २४’ ल्याइएको राजभण्डारीले बताए। उनका अनुसार क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र को–वर्किङ अफिसलगायत विभिन्न व्यवसायको आवश्यकतालाई ध्यानमा राखेर सेवा डिजाइन गरिएको हो।

व्यवसायिक परिसरभरि म्यानेज्ड वाइफाई

‘बिज २४’ ले व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार Wi-Fi नेटवर्कको योजना बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

एउटै राउटरमा मात्र निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्दै व्यवसायिक परिसरको हरेक क्षेत्रमा समान र भरपर्दो Wi-Fi कभरेज पुर्‍याउने गरी समाधान तयार गरिएको वर्ल्डलिंकको भनाइ छ।

Priority Support

व्यवसायको सञ्चालन इन्टरनेट सेवामा प्रत्यक्ष निर्भर हुने भएकाले इन्टरनेट अवरोध हुँदा त्यसको असर व्यवसायमा समेत पर्न सक्छ। यसलाई ध्यानमा राख्दै ‘बिज २४’ग्राहकलाई प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ग्राहकले समस्या आएमा ०१–५९७००४० मा सम्पर्क गरी तत्काल सहायता लिन सक्नेछन्।

विस्तार गर्न सकिने कनेक्टिभिटी

‘बिज २४’ मार्फत व्यवसायिक परिसरमा उच्च गतिको Wi-Fi उपलब्ध हुने र व्यवसाय तथा कर्मचारीको संख्या बढ्दै जाँदा नेटवर्कलाई पनि आवश्यकता अनुसार विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।

यसमा Public Static IP समेत उपलब्ध हुने भएकाले CCTV, विभिन्न सफ्टवेयर तथा अन्य IT सेवाहरू सञ्चालन गर्न आवश्यक पर्ने नेटवर्क सुविधामा समेत सहयोग पुग्ने कम्पनीको दाबी छ।

तीन तहमा उपलब्ध
वर्ल्डलिंकका अनुसार ‘बिज २४’सेवा Rise, Grow र Pro गरी तीन तहमा उपलब्ध हुनेछ। यी प्याकेजमार्फत २०० Mbps देखि १ Gbps सम्मको उच्च गतिको इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराइनेछ।

मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, को–वर्किङ स्पेस तथा मध्यम आकारका व्यवसायको आवश्यकता र विकासको चरणअनुसार सेवा छनोट गर्न सकिने कम्पनीले जनाएको छ।

‘बिज २४’ को वार्षिक मूल्य रु. ३० हजार (१३% VAT बाहेक) बाट सुरु हुने वर्ल्डलिंकले जनाएको छ। सेवामा Business-Grade Router, Public Static IP र Priority Support समावेश गरिएको छ।

कम्पनीका अनुसार ‘बिज २४’सेवा नयाँ तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध हुनेछ।