बिग डिजिटल अब पोखरामा, सभागृह चोकमा नयाँ स्टोर सञ्चालन


पोखरा।

घरायसी उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्समा सेवा प्रदान गर्दै आएको बिग डिजिटलले पोखरामा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। पोखराको सभागृह चोकस्थित इलेक्ट्रो गृहमा रहेको नयाँ स्टोरको शनिबार उद्घाटन गरिएको हो।

नयाँ स्टोरको उद्घाटन श्री शैलेश संघाई र श्री सोनित मान श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो। नेपालभर ग्राहकलाई सेवा प्रदान गर्दै आएको बिग डिजिटलले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा पोखरामा नयाँ स्टोर सञ्चालनमा ल्याएको जनाएको छ।

बिग डिजिटलका स्टोरमा यासुदा, सामसङ, प्यानासोनिक, सान्सुई, अकारिटेक, बजाज, प्रेस्टीज, हकिन्स, सिम्फोनी र बोनाएर लगायत १० भन्दा बढी ब्रान्डका विभिन्न घरायसी तथा विद्युतीय उपकरण उपलब्ध छन्।

पोखरास्थित नयाँ स्टोरमा एलइडी टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कुलरलगायत विभिन्न घरायसी उपकरण उपलब्ध रहेको कम्पनीले जनाएको छ।

स्टोर उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष उपहार तथा चाँदीका सिक्काको व्यवस्था गरिएको थियो। साथै, भाग्यशाली चिठ्ठामार्फत एक ग्राहकले यासुदाको ६ लिटर क्षमताको एयर फ्रायरसमेत प्राप्त गरेका छन्।

पोखरामा नयाँ स्टोर सञ्चालनमा आएसँगै स्थानीय ग्राहकले घरायसी उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स खरिदका लागि थप विकल्प र सहज सेवा पाउने कम्पनीको अपेक्षा छ।