बर्नमाउथ जितबाट वंचित


लन्डन, (एजेन्सी) ।

अन्तिममा बराबरी गोल बेहोरेपछि बर्नमाउथले न्युक्यासल यूनाइटेडविरुद्धको खेलमा २–२ बराबरी नतिजा बेहोरेको छ । प्रिमियर लिगअन्तर्गत् शनिबारको खेलमा बर्नमाउथ २–१ को अग्रतासँगैं यस सिजनमा पहिलो जितको नजिक पुगिसकेको थियो । तर, ८८ औं मिनेटमा जेकोब रामसेले बराबरी गोल फर्काएपछि बर्नामाउथको लागि बराबरी नतिजा बेहोर्न बाध्य भएको थियो । यो नतिजापछि न्युक्यासलको ५ अंक र बर्नमाउथको २ अंक भएको छ ।

यसअघि ताभेर्नेरले नवौं मिनेटमा गोल गरेर बर्नमाउथलाई १–० को अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा न्युक्यासलका थिआले आत्मघाती गोल गरेपछि टोलीको अग्रता २–० भएको थियो । तर, यसको दुई मिनेटमै न्युक्यासलका लागि बार्नेसले गोल फर्काएर गोलअन्तर २–१ मा खुम्च्याएका थिए ।