काठमाडौँ ।
गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको भदौ १८ गते (बिहीबार) बसेको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशको करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्ने बैंकले जनाएको छ।
काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।












प्रतिक्रिया