काठमाडौं।
मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका सञ्चालक नन्दकिशोर राठी, मनोज कुमार गोयल र शरद गोयल तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द नेपालले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
मारुती सिमेन्ट्सले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।












प्रतिक्रिया