काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गर्दै हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना वेबिनार आयोजना गरेको छ।
बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा भदौ १६ गते ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेस’ विषयमा वेबिनार आयोजना गरेको हो।
कार्यक्रममा मेदान्ता–द मेडिसिटी अस्पतालको क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजी विभागका भाइस चेयरम्यान डा. मनिष बन्सलले हृदय तथा रक्तनलीसम्बन्धी रोगका जोखिम कारक, रोकथामका उपाय तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी दिएका थिए।
विशेषगरी ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीलाई लक्षित गरिएको कार्यक्रममा बैंकका ४४६ जना कर्मचारी सहभागी भएका थिए।
वेबिनारमा नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली अपनाएर हृदयसम्बन्धी रोगको जोखिम कम गर्न सकिने विषयमा जानकारी दिइएको बैंकले जनाएको छ।
बैंकका अनुसार कर्मचारीमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
यसैबीच, बैंकका कार्डवाहक ग्राहकलाई उपचारका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार हाल २० लाख ६० हजारभन्दा बढी ग्राहक छन्।












प्रतिक्रिया