माया खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनको स्वीकृति


काठमाडौं। 

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। कम्पनीले स्वीकृतिबारे नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ, जसबाट कम्पनीले १ अर्ब रुपैयाँ पूँजी जुटाउनेछ।

आयोगको स्वीकृति प्राप्त भएपछि कम्पनीले हकप्रद निष्काशनको थप प्रक्रियाका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।