काठमाडौं ।
मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग गरेको छ।
२०८३ भदौ १० गते आएको प्राकृतिक विपद्बाट भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले फाइनान्सले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास फाइनान्सले व्यक्त गरेको छ।












प्रतिक्रिया